प्रतियोगिताको पुरस्कार रकम नदिई भाग्ने दुई जना पक्राउ
मङ्गलबार, २३ पुस २०८१, १५ : ०६

कास्की । ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम घर भई कास्की पोखरा महानगरपालिका-६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।
पोखरा राईडर्स क्लबको आयोजनामा २०८० चैत २३ र २४ गते सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ खेलमा प्रथम हुने खेलाडीलाई दिने भनी घोषणा गरेको १ लाख ५० हजार रुपैयाँ नदिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खेल सञ्चालक तथा निर्देशक जगत र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिकलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला
-
दिगम्बर झासहित ३ जना दोषी ठहर, १२ जनाले सफाइ पाए
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो