बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

इन्डोनेशिया बन्यो ब्रिक्सको पूर्ण सदस्य

मङ्गलबार, २३ पुस २०८१, १५ : ०३
मङ्गलबार, २३ पुस २०८१

जर्कार्ता । इन्डोनेशिया उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको पूर्ण सदस्य राष्ट्र बनेको छ । सोमबारदेखि इन्डोनेशिया सो समूहको १० औँ पूर्ण सदस्य भएको हो । 

ब्राजिलले यसको घोषणा गरेको छ । अहिले ब्रिक्सको अध्यक्षता ब्राजिलले गरिरहेको छ । इन्डोनेशियाको सदस्यता सन् २०२३ को अगष्टमै प्रारम्भिक रूपमा अनुमोदन गरिएको ब्राजिलको विदेश मन्त्रालयले भनेको छ ।

तर इन्डोनेशिया आफैंले समूहमा औपचारिक प्रवेशलाई नवनिर्वाचित सरकार नबन्दासम्मका लागि थाँती राखेको थियो । ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह हो । सन् २०२४ मा यसमा इरान, इजिप्ट, इथोपिया र संयुक्त अरब इमिरेट्स पनि सामेल भएका थिए । ब्रिक्सलाई जीसेभेनको प्रतिस्पर्धी समूहको रूपमा हेरिन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप