विमानस्थलबाट सुनसहित एक जना पक्राउ
मङ्गलबार, २३ पुस २०८१, १५ : ०२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनसहित एक जना पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय सञ्जय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट सुनको ढिक्का १ थान र औँठी १ थान प्रहरीले बरामद गरेको छ । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण