केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
मङ्गलबार, २३ पुस २०८१, १४ : ५९

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलेको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम मंगलबार सकिएको हो ।
बैठक अवधिभरमा १५७ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित बैठकको समापन गर्दैछन् । अहिले ओलीले बैठकमा सम्बोधन गरिरहेका छन् ।
आगामी माघदेखि तीन महिने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै