केन्द्रीय समिति बैठकमा बोल्न प्रचण्डले दिए जनार्दनलाई ‘विशेष समय’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा शर्मालाई मंगलबार विशेष समय उपलब्ध गराइएको हो ।
अन्य नेताहरुले प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय पाएकामा शर्माको हकमा भने १५ मिनेट समय दिइएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार उपलब्ध समयमा शर्माले यसअघि आफूले राखेको मतको विषयबारे संक्षिप्त ब्रिफिङ गर्दै पार्टी निर्माणका क्रममा नयाँ योजना बनाएर जानुपर्ने विषयमा धारणा राखेका थिए ।
यस्तै नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न पनि शर्माले प्रस्ताव गरेका छन् । यसबाहेक उनले पार्टीको तीन महिने अभियान सञ्चालन गर्दै आगामी भदौमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
आफ्नो प्रस्तावका कतिपय विषय अहिलेको प्रतिवेदनमा आएको र नआएका विषय विशेष महाधिवेशनमा छलफल गराउन आफू तयार रहेको शर्माले बताएको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)