भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
![भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?](https://rpcdn.ratopati.com/media/albums/everest_basecamp_nZganGJLMP.jpg)
काठमाडौँ । चीनले सगरमाथा क्षेत्रको उडान बन्द गरेको छ । तिब्बत क्षेत्रमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि उक्त क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनले सगरमाथालाई माउन्ट चोमोलाङ्मा भन्ने गर्छ । डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ ।
- नेपालले के गर्छ ?
भूकम्पको प्रभाव भन्दै चीनले सगरमाथा क्षेत्रको प्रवेशमा रोक लगाउँदा नेपाली पक्षले भने यसबारे कुनै निर्णय गरेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
२०७२ सालमा जस्तो यो भूकम्प ठुलो नभएको र क्षतिको अवस्था समेत नरहेकोले बन्द गर्नुपर्ने आवश्यकता समेत नहुन सक्ने प्रवक्ता लामिछाने बताउँछन् । ‘आधिकारिक रूपमा कुनै छलफल र निर्णय भएको अवस्था होइन । तर, अहिलेसम्म भौतिक क्षति भएको भन्ने घटनाहरू केही नआएकोले बन्द नै गर्नुपर्ने अवस्था नहुन सक्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह