प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर व्यवस्थापिका नराख्ने भनेको हो ? : रिजाल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रिजालले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरेका हुन् ।
उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको हो भन्दै प्रश्न गरे । उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताए । उनले आजको कारबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताए ।
उनले भने, ‘कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्न सक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरू केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुपर्यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरू कसैले भनेको होला । मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुपर्यो ? सत्ता चलेको चल्यै गर्नुपर्यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तर्निहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’
नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोउन् भन्न खोजेको बताए । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्न सक्छु भन्ने आत्मविश्वास भए मात्रै लोकतन्त्र बलियो हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डसामु निरीह बन्यो श्रीलंका, एक खेलअगावै शृंखला गुमायो
-
पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरु
-
जस्टिन ट्रुडोको राजनीतिक जीवनको उकाली–ओराली
-
कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो
-
चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
-
इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन