भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
मङ्गलबार, २३ पुस २०८१, १३ : २१
ल्हासा । मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि तिब्बतमा सगरमाथा अवलोकन स्थल बन्द गरिएको छ । उक्त भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको र अरू ६२ जना घाइते भएको बताइएको छ ।
मंगलबार बिहानदेखि दृश्यावलोकन स्थल खुल्न लागेको थियो । तर ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि उक्त स्थललाई पूरै बन्द गरिएको टिङ्ग्री सांस्कृतिक तथा पर्यटन विभागका कर्मचारीले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।
भूकम्प जाँदा अवलोकन स्थलमा तीन जना आगन्तुक थिए । उनीहरूलाई तत्कालै त्यहाँबाट निकालिएको र सबै जना सुरक्षित रहेको बताइएको छ ।
टिङ्ग्रीमा सगरमाथाको आधार शिविर छ । सन् २०२४ मा चीन तर्फबाट १३ हजार ७६४ विदेशी पर्यटकले सगरमाथा चढेका छन्। यो सन् २०२३ को भन्दा दोब्बर धेरै हो । चिनियाँ भाषामा सगरमाथालाई चोमोलाङ्मा भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म