बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । पछिल्ला केही महिनादेखि लरेन्स बिश्नोईको गिरोहबाट लगातार धम्की आइरहँदा सलमान खानको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।
यसैबीच अभिनेताकोे घर ग्यालेक्सी अपार्टमेन्टको बाल्कोनीको सुरक्षा बढाइएको छ । घरको बालकनीमा बुलेटप्रुफ सिसा हालिएको छ । पबालकनीलाई चारैतिर नीलो बुलेटप्रुफ शिशाले ढाकिएको तस्वीर सार्वजनिक भएका थिए ।
सुरक्षा चिन्ताबीच सार्वजनिक स्थलहरूमा पनि सलमान खान उच्च सुरक्षा घेरामा देखिँदै आएका छन् । सुरक्षा व्यवस्थाका कारण आफ्नो काम प्रभावित नहोस् भन्ने कुरामा भने अभिनेताले ध्यान दिइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूमा आएका खबरका अनुसार उनी रश्मिका मन्डन्नासँग आफ्नो आगामी फिल्म सिकन्दरको अन्तिम सुटिङ सुरु गर्ने तयारीमा छन् ।
फिल्मको अन्तिम शेड्यूल मुम्बईमा जनवरी १० देखि सुरु हुने बताइएको छ । सिकन्दर २०२५ को इदमा सिनेमाघरमा रिलिज हुनेछ । सिकन्दरमा सलमान एक्सन प्याक अवतारमा देखिदैंछन् । फिल्ममा सलमान बाहेकसत्यराज, प्रतीक बब्बर, काजल अग्रवाल र शरमन जोशी पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा