माओवादी केन्द्रीय समिति बैठक
यसअघि फरक मत राखेका हरिबोलले गरे प्रचण्डको प्रतिवेदनको समर्थन
मङ्गलबार, २३ पुस २०८१, १२ : ४३
काठमाडौँ । माओवादी केन्द्रको उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीति प्रस्तावको समर्थन गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै गजुरेलले प्रचण्डको राजनीति प्रतिवेदनको समर्थन गरेका हुन् ।
उनले भने –राइटबाट लेफ्टतिर गएको दस्ताबेज छ। कमरेडको दस्ताबेज राम्रो छ, माओवादी धारा एक ठाउँमा आउँदा मात्र विचारको बहस राम्रो हुन्छ। नत्र अहिलेको जस्तै गोलचक्कर हुन्छ।
यस अघि गजुरेलले पार्टीभित्र फरक मत राख्दै आएका थिए। तर यो बैठकमा उनले प्रचण्डलाई समर्थन गर्दै आफ्नो पुरानो अडानलाई त्यागेका हुन्। यद्यपि बैठकमा बोल्ने क्रममा गजुरेलले प्रचण्डको बोलाई र गराई फरक देखेको भन्दै आलोचना गरे ।