धर्मशीला चापागाईँलाई प्रश्न : प्रचण्डको दस्ताबेजमा पूर्वलाई उपेक्षा गरिएको हो ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनमा पूर्वी क्षेत्र(कोशी) प्रदेशलाई उपेक्षा गरिएको विषयमा केन्द्रीय सदस्य धर्मशीला चापागाईँ फरक मत राखेकी छिन् । प्रचण्डले पेस गरेको प्रतिवेदनको समर्थन गर्दै उनले कार्यान्वयन सम्बन्धमा शङ्का व्यक्त गरेकी छिन् ।
‘अध्यक्षको प्रतिवेदन राम्रो छ । पहिला पनि राम्रा आउँथे । आठौँ महाधिवेशनले पास गरेकै जगमा अहिलेको प्रतिवेदन आएको छ । त्यतिबेला सैद्धान्तिक खालको थियो, अहिले व्यवहारिक खालको आएको छ । तलसम्म जाने खालको कार्यक्रम छ । त्यसकारण प्रतिवेदनको अहिलेसम्मको स्थिति राम्रो छ । कार्यान्वयनमा अक्षरसः पालना नहुँदा जीवन व्यवहारमा लागु भएको छैन । आम जनताले खोजेजस्ता परिवर्तन आउँदैन । आठौँ महाधिवेशनको वरिपरिबाट प्रतिवेदन आएकाले कार्यान्वयनमा लानुपर्छ’, उनले भनिन् ।
आरोपमा आएजस्तो उपेक्षा नभएपनि प्रदेशको विशेषतालाई समेटेर अभियान चलाउने विषयमा प्रचण्डसँग गम्भीर छलफल भइरहेको उनले जिकिर गरिन् ।
‘दुई तीनवटामा केन्द्रित गरेर अभियान आउँदै छ । जस्तै हुलाकी सडक केन्द्रित अभियान छ । त्यो झापाबाट नै सुरु हुन्छ । त्यसले समग्रमा पूर्वलाई समेट्छ । अर्को मध्यपहाडी लोकमार्ग र पुष्पलाल मार्ग केन्द्रित हाम्रो अभियान छ । कतिपय क्लस्टरवाइज कतिपय विशेषताहरू छन् । ती विशेषतालाई समेटेर अभियान चलाउने कुरामा छलफल भइराखेको छ’, उनले भनिन्, ‘जस्तै सातवटा प्रदेशको सातवटा विशेषता छन् । ती प्रदेशभित्र पनि बसोबास, आर्थिकस्थिति उत्पादन, प्राकृतिक स्रोत साधन आफ्ना विशेषता निर्माण हुँदै गएका छन् । त्यसलाई लक्षित गरेर फेरी कार्यक्रम बनाउनुपर्छ । त्यसकारण अहिले जे जति अभियान आएका छन्, ती अभियानभित्र हाम्रा माग समेटिन्छन् ।’
स्थानीय तहलाई कसरी परिचालन गर्ने भन्ने विषयमा प्रचण्डको दस्ताबेजमा व्यापक उल्लेख भएको उनले दाबी गरिन् ।
‘अहिले हामीले समाजवादको आधार तयार गर्ने भनेका छौँ । त्यसको अभ्यास स्थानीय तहमा गर्ने भनिएको छ । जनतालाई सहभागी गराउने खालका कार्यक्रम अब बन्छन्’, चापागाईँले भनिन्, ‘जहाँ हामीले सत्ताको नेतृत्व गरेका छैनौँ, त्यहाँ हामीले खबरदारी पनि गर्छौँ । विकास निर्माण, दलित, जनजाति तथा उत्पीडित व्यक्तिहरूलाई कसरी माथि ल्याउने भन्नेमा जोड दिन्छौँ । त्यसपछि किसान विशेष आर्थिक उत्पादनका आधार कृषि, पर्यटन यिनै विशेषतालाई लिएर काम गर्छौँ । हामीले जितेका ठाउँमा हामी सत्ता पक्ष भएर काम गर्छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा प्रचण्ड भदौ यता दुई पटक पुगिसकेका छन् । सरकारबाट हटेपछि उनी पूर्वकेन्द्रित कार्यक्रममा केन्द्रित देखिएका छन् । सोही बेला प्रचण्डसँग गम्भीर रूपमा छलफल भइराखेको उनले दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ‘टुरिजम कन्केल्भ’ हुँदै
-
लघुवित्तको वित्तीय विवरण अब एनएफआरएस प्रणालीबाट
-
अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता
-
मुख्य सेयरधनीलाई लघुवित्त संस्थाको सीईओ र कर्मचारी बन्न कडाइ
-
मुस्ताङको रूपान्तरणलाई झल्काउने पानारोमा फोटो प्रदर्शनी (तस्बिरहरु)
-
८० अर्बको निक्षेप उपकरण आज बोलकबोल