एमाले केन्द्रीय कमिटी : तेस्रो दिनको बैठक सुरु
मङ्गलबार, २३ पुस २०८१, १२ : १४
_w4XYr4MtZU.jpg)
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आज पनि अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्न तीन मिनेटको समय छुट्याइएको छ । तीन मिनेटमा आफ्ना कुरा नसकिए अटमेटिक माइक काटिने व्यवस्था गरेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ