प्रधानमन्त्री कप महिला क्रिकेट धनगढीको फाफ्ला मैदानमा, यस्तो छ खेल तालिका

काठमाडौँ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना हुने भएको छ । प्रतियोगिताको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रतियोगितामा माघ १ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिक कार्यक्रम अनुरुप सञ्चालन गर्न लागिएको हो । क्यानका अनुसार, प्रतियोगितामा नौवटा टोलीको सहभागिता रहने छ ।
प्रारम्भिक चरणको खेलका लागि प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । प्रतियोगिताको पहिलो दिन माघ १ गते दुई खेल हुनेछन् । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ । उक्त खेल विहान ९ः०० बजे सुरु हुनेछ ।
पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ । दोस्रो खेल दिउँसो १३ः०० बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो दिन माघ २ गतेको पहिलो खेल गण्डकी प्रदेश र एपीएफ क्लब तथा दोस्रो खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच हुनेछ ।
यसैगरी, प्रतियोगिताको तेस्रो दिन माघ ३ गते पहिलो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबिच तथा दोस्रो खेल एपीएफ क्लब र लुम्बिनी प्रदेशबिच खेलिने छ । चौथो दिन माघ ४ गतेको पहिलो खेल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिच खेलिने छ ।
यसैगरी, प्रतियोगिताको पाँचौँ दिन माघ ५ गते पहिलो खेल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबिच हुनेछ । छैटौँ दिन माघ ६ गते पहिलो खेल कोशी प्रदेश र बागमती प्रदेश तथा दोस्रो खेल मधेश प्रदेश र आर्मी क्लबबिच खेलिने छ ।
यसैगरी, प्रतियोगिताको सातौँ दिन माघ ७ गते पहिलो खेल बागमती प्रदेश र आर्मी क्लब तथा दोस्रो खेल कोशी प्रदेश र मधेश प्रदेशबिच खेलिने छ । आठौँ दिन माघ ८ गते पहिलो खेल आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबिच हुनेछ ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर