बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

चीनको सेनासँग काम गर्ने कम्पनीको सूचिमा अमेरिकाले राख्यो टेन्सेन्टलाई

मङ्गलबार, २३ पुस २०८१, १० : १९
मङ्गलबार, २३ पुस २०८१

वासिङ्टन डीसी । अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि चीन सरकारको लागि जासुसी गर्ने गरेको आरोप लगाउने गरेको छ । अहिलेसम्म कयौँ चिनियाँ प्रविधिहरूमाथि यस्तो आरोप लागिसकेको छ । यो सूचिमा अब भने अमेरिकाले गेम निर्माता तथा सामाजिक सञ्जाल कम्पनी टेन्सेन्ट र ब्याट्री बनाउने कम्पनी सीएटीएलको नाम पनि थपेको छ ।  

यी सबै कम्पनीहरूले चीनको सेनाका लागि लागि गर्ने आरोप अमेरिकाको छ । यो आरोप लगाउनुको मतलब चिनियाँ कम्पनी र संघ संस्थाहरूलाई यी कम्पनीसँग व्यवसाय गर्दाको जोखिमबारे चेतावनी दिनु हो । 

सूचिमा पर्नुको अर्थ तत्कालै यी कम्पनीहरूमाथि प्रतिबन्ध लाग्छ भन्ने पनि होइन । तर यसले अमेरिकी अर्थ मन्त्रालयलाई यी कम्पनीमाथि प्रतिबन्ध लगाउने दबाब भने बढाउन सक्छ । टेन्सेन्ट र सीएटीएलले यस आरोपको खण्डन गरेका छन् । 

यस निर्णयले चिनियाँ कम्पनीहरूमाथि बेतुकको दबाब बढाउने चीनको भनाइ छ । अमेरिकाको रक्षा मन्त्रालयले बर्सेनि चिनियाँ सैन्य कम्पनीहरूको सूचि अपडेट गर्ने गरेको छ । पछिल्लो अपडेटसँगै यो सूचिमा रहेका कम्पनीको सङ्ख्या १३४ पुगेको छ । 

घरेलु प्रविधि कम्पनी, विश्वविद्यालय र अनुसन्धान कार्यक्रमहरूको प्रयोग गरेर सैन्य ताकत बढाउने चिनियाँ प्रयासलाई काट्न अमेरिकाले यो कदम चालेको हो । अमेरिकाको यो कदमलाई टेन्सेन्टले स्पष्ट रुपमा त्रुटि भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप