राम चरणको ‘गेम चेञ्जर’को प्रि–रिलिज शोपछि २ फ्यानको मृत्यु
नयाँ दिल्ली । डिसेम्बर महिना मा ‘पुष्पा २’ को विशेष शोका क्रममा एक फ्यानको मृत्यु भयो । यो घटनापछि अभिनेता समस्यामा छन् । यसैबिच राम चरणको आगामी फिल्म ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रमपछि दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति राजमुन्द्रीमा ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रममा अभिनेताका दुई जना फ्यानको मृत्यु भएको छ । उक्त कार्यक्रममा रामचरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि उपस्थित थिए । चलचित्र ‘गेम चेन्जर’का निर्माताले घटनामा ज्यान गुमाएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मृतकहरू २३ वर्षीय अर्वा मणिकान्टा र २२ वर्षका ठोकडा चरण रहेको बताइएको छ । ‘गेम चेन्जर’को प्रि–रिलिज कार्यक्रममा सहभागी भई मोटरसाइकलमा घर फर्कँदै गर्दा सडक दुर्घटनामा परी दुवैको ज्यान गएको हो । यस विषयमा रंगमपेटा प्रहरीले मामिला दर्ता गरेको छ ।
फिल्मका निर्माता दिल राजुले दुर्घटनामा मृत्यु भएका दुई जनालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले दुवै युवाका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहायता दिने र हर प्रकारले सहयोग गर्ने आश्वासन दिएका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिल राजुले भने, ‘गेम चेन्जर’ कार्यक्रमबाट फर्किएपछि मात्रै २ जना फ्यानको मृत्यु भएको थाहा पाए ।’ पवन कल्याणले पनि मृतकका परिवारलाई ५ लाख रुपयाँ आर्थिक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
-
माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको बजार सुरु, तस्बिरहरु हेर्नुहोस्
-
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
-
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
-
यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौती थपियो
-
राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत