चीन केन्द्रबिन्दुको भूकम्पले नेपालका कुन–कुन जिल्लामा कडा धक्का ?

काठमाडौँ । मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न ९ जिल्लामा कडा धक्का महसुस भएको छ । नेपालबाट औसत दुरी ९० किलोमिटर टाढा भएको उक्त भूकम्पबाट कोशी, मधेस, बागमती प्रदेशका जिल्लाहरुमा धक्का महसुस भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तर, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा भूकम्पको धक्का महसुस नभएको केन्द्रको भनाइ छ ।
७ लोकल म्याग्निच्युडको उक्त भूकम्पको सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा कडा धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरू चर्किएको विवरण भने प्राप्त भएको छ ।
तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको थियो । भूकम्पबाट चीनमा भने ३६ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
-
संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने