चीनमा गएको भूकम्पबाट नेपालमा कुनै मानवीय क्षति भएको विवरण छैनः आपत्कालीन कार्यसञ्चालन केन्द्र
मङ्गलबार, २३ पुस २०८१, ०९ : ५७

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ ।
यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरु चर्किएको विवरण भने प्राप्त भएको छ ।
भूकम्प चीनमा ७ म्याग्निच्युडको गएको हो । तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित