चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो ।
यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएका छन् । सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक