गौर बानेश्वर महादेव मन्दिर क्षेत्रमा भेटियो ६५० वर्ष पुरानो इँटा
रौतहट । रौतहटको सदरमुकाम गौर स्थित वाणेश्वर महादेव मन्दिर स्थानमा उत्खनन गर्दा ६५० वर्ष पुरानो इँटाहरू फेला परेको छ।
गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दिर छेउ पुरातात्त्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहासिक भग्नावशेषहरू फेला परेको हो।
गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्त्व विभागको टोलीले पछिल्लो ११ दिन देखि गरिरहेको उत्खननको क्रममा ६५० वर्ष अघिको इँटा लगायत भग्नावेश भेटिएको हो।
महादेव मन्दिरको पछाडि र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरि सिंह देवको समयका इँटाहरू बरामद भएको छ। उत्खननमा माटोको गाग्री, घोडाको मुकुट, खेलौना लगायतका सामाग्री बरामद भएको छ।
पुरातात्त्विक विद देवेन्द्र तिवारीका अनुसार उत्खननमा धेरै महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त भएको छ । चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरू २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको छ।
कुनै कुनै इँटामा औँलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाइएको झन्डै ६५० वर्ष पुरानो इँटासँग मेल खाने पुरातत्त्व बिद तिवारीले स्पष्ट पारेका छन्। बानेश्वर मन्दिरको पछाडि विश्वकर्मा मन्दिरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएको थिएन पछि महत्त्वपूर्ण अवशेषहरू भेटाउन थालिएको छ। उत्खननमा माटोका पुतलाहरू प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद्ध बस्ती भएको अनुमान गरिन्छ।
मेयर शम्भु साहले बाणेश्वर मन्दिर ,शिवालय मन्दिर र सोवर्णामाई मन्दिर ऐतिहासिक भएकाले उत्खननमा महत्त्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
उनले ६५० वर्ष पुरानो ऐतिहासिक महत्वका भग्नावशेषहरू फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने मेयर साहले बताएका छन्।
१३३५ सम्म चलेको सिम्रौनगढका राजा हरि सिंह देवको शासन कालमा उक्त मन्दिरको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ। केहीवर्ष अघि सम्म मन्दिर वरपरको खेत जोत्दा वा खेतमा कोदालो चलाउँदा खपडाका टुक्राहरू फेला पर्ने गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८० अर्बको निक्षेप उपकरण आज बोलकबोल
-
बलिउड अभिनेत्री पूनम ढिल्लोंको घरमा चोरी, एक जना पक्राउ
-
पुलिसका गुलसनले पाँच विकेट लिएपछि १२९ रनमै समेटियो मधेश, मयानको अर्धशतक
-
राप्रपामा ‘कार्ड पोलिटिक्स’, लिङ्देनसँग मिल्न कमल थापाको जोडबल
-
कलाकार घनश्याम गौतम अस्पताल भर्ना
-
अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल