बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

शपथ ग्रहण अघि ट्रम्पलाई झट्का

मङ्गलबार, २३ पुस २०८१, ०८ : ३८
मङ्गलबार, २३ पुस २०८१

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण अब २ हप्ता पनि बाँकी छैन । यस्तैमा न्यूयोर्कको एउटा अदालतले ट्रम्पलाई झटका दिएको छ । हश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन् । 

न्यायाधीश जुआन मर्चेनले गएको हप्ता ट्रम्पको शपथ ग्रहण समारोह अघि उनलाई सजाय हुनु पर्ने फैसला गरेका थिए । ट्रम्पका वकिलले राष्ट्रपतिको चुनावमा जितेपछि यो मामिला यही अन्त्य हुनु पर्ने तर्क गरे पनि न्यायाधीश यो कुरामा सहमत भएनन् । 

मार्चेनले दुई पृष्ठको फैसलामा अभियोजकहरूले सजायमा ढिलाइको विरोध गरेको रउच्च अदालतमा  ट्रम्पले  दिने याचिका स्वीकृत भयो भने मात्रै यसलाई टार्न सकिने बताएका थिए । जनवरी १० मा हश मनी मुद्दामा ट्रम्पलाई सजाय सुनाइदैछ । 

मर्चेनले ट्रम्पलाई शुक्रबार सजाय सुनाउने दिनमा व्यक्तिगत रूपमा वा अनलाइनमा उपस्थित हुने विकल्प दिएका थिए । पूर्व र भावी राष्ट्रपतिलाई जेल पठाउने आफ्नो मनाशय नरहेको पनि उनले बताएका छन् ।  ट्रम्प कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति हुन् । सन् २०१६ को चुनावको पूर्वसन्ध्यामा पोर्न स्टार स्टर्मी डेनियललाई चुप लाग्न पैसा तिरेकोमा ३४ वटा मामिलामा ३४ मेमा ट्रम्पलाई दोषी ठहर गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप