अपडेट
भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी चौकीमा क्षति
मङ्गलबार, २३ पुस २०८१, ०८ : ०५

काठमाडौँ । भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘चौकीको भवनमा सामान्य क्षति भएको छ ।’
चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस भएको थियो । सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्रमा भूकम्प गएको हो । देशभरको क्षतिको विवरण प्रहरी र स्थानीय निकायहरूले सङ्कलन गरिरहेका छन् ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा