जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकारी चयन भएका छन् । पार्टी स्कुल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कुल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनीता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बताइएको छ ।
बुधबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बीरमा वर्षा परेपछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने