प्रिमियर लिगमा नटिङघमलाई सफलता
मङ्गलबार, २३ पुस २०८१, ०५ : ५३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा नटिङघम फरेस्टले दोस्रो स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ । सोमबार राती भएको खेलमा वुल्भ्सलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलसँग अंक बराबरी गरेको हो ।
दुबैको २० अेलबाट ४० अंक भएको छ । नटिङघमका लागि मोर्गन गिब्स ह्वाइट, क्रिस उड र टेवो अवोनियीले गोल गरे । जितसँगै नटिङघम ४० अंकसहित तेस्रो स्थानमा कायम छ ।
शीर्ष स्थानको लिभरपुलको ४६ अंक छ । दोस्रो स्थानको आर्सनलको ४० अंक भए पनि गोल अन्तरले नटिङघम एक स्थान पछि परेको हो ।