२९ वर्षदेखि ओडारमा व्यापार
मन्थली । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्की २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए ।
तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानोमा परिमार्जित भएको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए ।
जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई स्वदेश फर्किएका थिए । सोही बेलादेखि सुरु गरेको ओडारको पसलले सहजै जीविकोपार्जन गरिरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए ।
‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ”, उनले भने ।
चार–पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा ओडार आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले बताए ।
सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गरेका छन् । पसलबाट सुरुआती चरणमा दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले व्यापार घटेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मा एउटा अक्षर पढेर अथाह ज्ञान बटुलेका बुल्ले शाह
-
चिसोको कारण रौतहटका विद्यालयहरू धमाधम बन्द हुँदै
-
हमासलाई ट्रम्पको चेतावनी
-
मन्त्रालयको तथ्याङ्कसँग मिल्दैन राष्ट्र बैंकको रिपोर्ट
-
च्याटजीपीटी एआईमार्फत ट्रम्पको होटल अगाडि विस्फोट गराइएको थियो मस्कको साइबरट्रक
-
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात