१२ बजे, १२ समाचार : रविमाथि राजनीतिक पूर्वाग्रह साँधिएको प्रतिवादीका वकिलको जिकिरदेखि कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरणसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. सार्वजनिक यातायातको भाडा बढ्यो
सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि भएको यातायात व्यवस्था विभागले जनाएको हो ।
२. रवि लामिछाने पक्षका वकिलले इजलासमा पेस गरे भिडियो
सहकारीको रकम हिनामिनासहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका रास्वपा सभापति रवि लामिछाने पक्षका वकिलले कास्की जिल्ला अदालतमा भिडियो पेस गरेका छन् । रवि निर्दोष रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा उनलाई पक्राउ गरिएको जिकिर गर्दै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आईजीवी वसन्त कुँवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पेस गरेका हुन् ।
३. कुलमान घिसिङलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो ।
५. माओवादी बैठकमा ८० नेताले राखे आफ्नो धारणा
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक अन्तर्गत सोमबार दोस्रो दिन ८० जना नेताले आफ्नो धारणा राखेका छन् । उनीहरूमध्ये धेरैजसोले पार्टी सच्चिनुपर्ने, युवाको सहभागिता बढाउनुपर्ने, संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
६. पासाङको राजनीतिक सक्रियतामाथि प्रश्न
मर्यदाक्रमको हिसाबले देशकै दोस्रो पदमा पुगेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ ९ वर्षपछि फेरि सक्रिय राजनीतिमा फर्किन लागेका छन् । २०७५ सालमा सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार उनी अहिले पनि पाँचौँ स्थानमा छन् । यद्यपि झन्डै दुई महिनादेखि उनी पूर्व पार्टी नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।
७. कांग्रेस (बीपी)का संस्थापक सभापतिसहित १२ जना नेपाली कांग्रेसका प्रवेश
नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति हरिबोल भट्टराईसहित संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल लगायत १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् ।
८. सुदूरपश्चिमका चार दर्जन नेता–कार्यकर्ताले त्यागे एमाले
नेकपा एमालेमा पटकपटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
९. पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको विषय बेलाबखत चर्चामा आउने गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ–
१०. विरासत बोकेका तीन कांग्रेस नेता नेतृत्वका लागि कस्सिए
विरासत बोकेका नेपाली कांग्रेसका तीन नेता १५ औँ महाधिवेशन केन्द्रित संवादमा जुटेका छन । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबिच एकपछि अर्को ‘लञ्च मिटिङ’ हुन थालेको हो ।
११. राज्य व्यवस्था समितिमा चर्काचर्की
प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा सभापति रामहरि खतिवडा र सांसदहरूबिच चर्काचर्की परेको छ । सभापति खतिवडाले सांसदहरू बोलिरहेको समयमा बिचमै रोकेपछि नोकझोकको अवस्था उत्पन्न भएको हो ।
१२. ट्रुडोले दिए राजीनामा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिने चेतावनी
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
-
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
-
इरानमा सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड