बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

पूर्व गायिकाले साङ्गीतिक समूहको गीत फेरि ल्याएपछि तनाव

सोमबार, २२ पुस २०८१, २१ : ००
सोमबार, २२ पुस २०८१

काठमाडौँ । साङ्गीतिक समूहले पहिले सार्वजनिक गरेको गीत समूहका पूर्व गायिका आफैँले फेरि सार्वजनिक गरेपछि कस्तो तनाव हुन्छ । यस्तै, तनावको सामना गरिरहेको छ यतिबेला साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ ।

समूहले गत २०७९ असोज ७ गते मिडिया पोर्ट पूर्वाञ्चल रक्ससँगको सहकार्यमा ‘माइली’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको थियो । उक्त गीत २०८१ मङ्सिर २७ गते साङ्गीतिक समूहकी पूर्व गायिका समिता लिम्बुले पनि ल्याएकी छन् । 

उक्त गीत पूर्व गायिकाले आफ्नो साङ्गीतिक समूहको सहमति बिना एकल मनोमर्जी रूपमा सार्वजनिक गरेपछि ‘द आउट साइडर्स नेपाल’ आपत्ति प्रकट गरेको छ । गायिका समिता लिम्बुले यस अगाडि सार्वजनिक गीतको रोयल्टीका विषयमा विभिन्न आरोप लगाउँदै गीत सार्वजनिक गरेकी हुन् ।

साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ एक विज्ञप्ति जारी गर्दै गायिकाले लिम्बुले लगाएको आरोपप्रति आपत्ति प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  । यस विषयमा साङ्गीतिक समूहले अहिलेसम्म कुनै रोयल्टी तथा रेभिन्य शीर्षकमा कुनै पनि रकम प्राप्त नगरेको समेत समूहले स्पष्ट पारेको छ ।

‘सुनियोजित तवरबाट तथ्यहीन, भ्रामक कुराहरू लेखी सस्तो लोकप्रियताका लागि यस साङ्गीतिक समूहलाई बदनाम गर्न प्रयास गरिएको छ’, समूहले विज्ञप्तिमा अगाडि भनेको छ ‘भ्रामक तथा तथ्यहीन आरोपमा सत्यता नरहेको जानकारी गराउँछौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप