मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे

मकवानपुर । जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ ।
स्थानीय स्वास्थ्य चौकीमा दैनिक उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल ती क्षेत्रका स्वास्थ्य चौकीहरुमा दैनिक ७० देखि ८५ जनासम्म बालबालिका तथा वृद्धवृद्धाहरु चिसोबाट बिरामी भइ आउने गरेका छन् ।
ती क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरी उपचारलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।
उनले स्वास्थ्यकर्मीलाई बिदा नलिइकन उपचार सेवामा खट्न निर्देशन दिइएको बताए । थाहा नगरपालिकाले चिसोबाट बच्न विभिन्न बस्तीहरुमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचार सेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु