भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

म्याग्दी । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.७९३ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको म्याग्दीस्थित म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, म्याग्दीमार्फत कार्यान्वयन गरिएको थियो ।
नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरूको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्नेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार