समाचार
सरकारले फेरि सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
सोमबार, २२ पुस २०८१, २० : ०४

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो ।
ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको लगायत विषयको ऊर्जा मन्त्रालयले जवाफ मागेको छ ।
त्यस्तै, कार्यसम्पादनमा कम अंक प्राप्त गरेकोजस्ता विषय स्पष्टीकरण पत्रमा सोधिएको छ । यी प्रश्नको जवाफ पठाउन सरकारले घिसिङलाई सातदिनको समय दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ ।
सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेसन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू
-
संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
-
नेपाल र बेलायतको न्यायिक प्रणाली