७ जिल्लाको प्रजिअ फेरिए, काठमाडौँमा ऋषिराम तिवारी
सोमबार, २२ पुस २०८१, १९ : ५१

काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँको प्रजिअमा ऋषिराम तिवारीलाई ल्याइएको छ । तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सुनसरीको प्रजिअमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुन लाई सरुवा गरिएको छ ।
सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा