पदबाट राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
_NMAmK1V9Y5.png)
टोरन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनमै आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्न सक्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेताको पद त्याग्ने बारे सोचिरहेका छन्।
ट्रुडो विगत नौ वर्षदेखि क्यानडाको प्रधानमन्त्रीको रूपमा काम गर्दै आएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राजीनामा कहिले घोषणा गर्ने भन्ने बारे अन्तिम निर्णय भइसकेको छैन ।
धेरै महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका छन्। गत महिना उनका अर्थमन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
ओपिनियन पोलका अनुसार लिबरल पार्टी कन्जरभेटिभभन्दा निकै पछाडि छ ।
'द ग्लोब एन्ड मेल' समाचारका अनुसार ट्रुडोले बुधवार पार्टी ककस बैठक अघि आफ्नो पार्टीका सांसदहरूले उनलाई बाहिरको बाटो देखाउन चाहन्छन् भन्ने धारणाबाट जोगिनका लागि राजीनामा दिने इच्छा घोषणा गर्न सक्छन्। लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीको रूपमा रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल