सन्दिग्ध माओवादीको आक्रमणमा छत्तीसगढमा ९ सुरक्षाकर्मीको मृत्यु
सोमबार, २२ पुस २०८१, १९ : ३४

छत्तीसगढ । छत्तीसगढमा माओवादी प्रभावित विजापुरको कुत्रु बेन्द्रे सडकमा सन्दिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो ।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेसनबाट फर्किँदै गर्दा आक्रमण भएको थियो। प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विस्फोट भएको थियो ।
विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भयो । केही सैनिक गम्भीर घाइते भएको पनि समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती