नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लँदै

काठमाडौँ । अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच जना खेलाडी आइसकेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौँ ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौँ माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन् ।
पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्राएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि आइसकेका छन् ।
काठमाडौँ माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौँ आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोक भूकम्प : क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
-
गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आजदेखि
-
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
-
जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै
-
माओवादी अभियान : प्रचण्डसहितको टोली सप्तरीमा
-
‘होस्टेल ३’मा ‘मेरी बास्सै’का धुन्धुकारी आशिष