एमाले केन्द्रीय कमिटी बैठक : कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुनेमा जोड
काठमाडौँ । नेकपा (एमाले)को पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ९८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको बताए ।
बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अधिकांश केन्द्रीय सदस्यहरूले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताए । उनकाअनुसार पार्टीभित्रका कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरू भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएको बताए । उनले पार्टीलाई सबलीकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरू देखिएको उल्लेख गर्दै यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरूको जोड रहेको बताए ।
उनले भने, ‘बैठकमा आजपनि पार्टी अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नै छलफलको क्रम जारी छ । अहिलेसम्म ९८ जना नेताहरूले आफ्नो राय राख्नुभएको छ । मूलतः सरकारको प्रभावकारिता पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनु भएको छ ।’
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक ताकतमा क्यानाडालाई हासिल गर्ने ट्रम्पको धम्कीपछि ट्रुडोले दिए कडा जवाफ
-
केयु अन्तर्गत पत्रकारिता स्नातक तहको कार्यक्रम सुरु
-
ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
-
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
-
१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक