भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको छ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्न वीरगन्जमा सभा गर्न लागेको बताएका छन् ।
सरकारका मान्छेहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए । भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको अध्यक्ष साहले आरोप लगाए ।
आजपा पर्सा जिल्ला कमिटीको बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष साहले वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्ने बताए ।
हालै भ्रष्टाचारविरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको छ । ‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरू संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरूकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गइरहेको छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने उद्देश्यले हामीले खबरदारी सभा गर्न लागेका छौँ ।’
वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचारविरुद्ध जागरण गर्ने उद्देश्यले पुस २७ गते वीरगन्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष साहका साथै शीर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले