एमालेका केन्द्रीय सदस्यको गुनासो : गुटबन्दी बढ्यो, जरासम्म पार्टी पुगेन
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । सोमबार बसेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी जनतासम्म पुग्न नसक्नुमा नेताहरूमा देखिएको गुटबन्दी कारण रहेको भन्दै त्यसको प्रभाव तल्ला कमिटीमा समेत परेको बताएका हुन् ।
‘पार्टीको माथिल्लो तहमा देखिएको गुटबन्दीको असर तल्लो तहसम्म पनि देखिन थाल्यो । त्यसका कारण जति काम गर्न सकिन्थ्यो त्यति गर्न सकिएन’, बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूको आशय थियो । एक केन्द्रीय सदस्यका अनुसार बोल्नेहरूमध्ये धेरैले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन राम्रो आए पनि परिणाम दिने कुरामा समस्या भइरहेको भन्दै आगामी दिनमा बनेका कार्ययोजना कार्यान्वयनको पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
‘हाम्रो पार्टीले अघि सारेको विचार र सिद्धान्त राम्रो हुँदाहुँदै पनि परिणाम दिन सकिएको छैन’, एक सदस्यले बैठकमा राखेको भनाई उद्धृत गर्दै भने, ‘जरासम्म पार्टी पुग्नै सकेन, पार्टीको माथिल्लो तहको गुटबन्दी तलसम्मै पुगिसक्यो यसलाई रोक्न जरुरी छ ।’
सोमबारको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथिको छलफल जारी रहेको भन्दै मङ्गलवार बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएर बैठक सकिने जानकारी दिए ।
‘छलफलको क्रम जारी छ । मूल त धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी निर्माणमा देखिएका समस्या समाधानमा विशेष जोड दिनुभएको छ’, प्रमुख गौतमले भने– ‘पार्टीभित्रका कुनै पनि किसिमका गुटबन्दी हुनुहुँदैन । गुटबन्दी गर्नेहरूलाई पहिचान गरेर नियन्त्रण गर्नुपर्छ ।’
गौतमले पनि पार्टीभित्र गुटबन्दी बढेकोमा केन्द्रीय सदस्यहरूले चिन्ता प्रकट गरेको स्वीकार गरे । ‘आफ्नो इन्ट्रेस्ट पुरा गर्न विभिन्न स्वार्थ समूहले अगामी निर्वाचनका लागि अहिले नै गतिविधि गरेको आभास हुन्छ । यसलाई निर्मूल गरेर पार्टीलाई एक ढिक्का बनाउनपर्छ, पार्टी स्कुलिङलाई लगातार जिल्लासम्म सञ्चालन गर्नुपर्छ’, केन्द्रीय सदस्यहरूले बैठकमा राखेको धारणा उद्धृत गर्दै गौतमले धेरैजसो केन्द्रीय सदस्यले पार्टीलाई आधारभूत तहमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्न वडा केन्द्रीत सङ्गठन अभियान सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनका समस्या रहेको बताएको जनाएका छन् ।
उनले सम्बन्धित कमिटीका इन्चार्जलाई निर्देशन गरेर पालिका तहमा परिचालित गर्नुपर्नेमा समेत वक्ताहरूले जोड दिएको बताए । ‘जिम्मेवारी गाउँमा लिने र सहरमा बस्ने प्रवृत्ति बढेको छ त्यसलाई निरुत्साहित गर्नुपर्छ जसको अनुगमन हुनुपर्छ’, उनले भने– ‘पार्टी क्षेत्रमा काम गर्ने र पार्टी नेताबिच घुम्रेबिचको भेद छुट्टाउनुपर्छ भन्ने आवाज उठेको छ ।’
गौतमले पहिलो दिन २७ र दोस्रो दिन ९८ जनाले प्रतिवेदनमाथि धारणा राखेको जानकारी दिए । सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले मङ्गलवार दिने गौतमको भनाइ छ ।
न्याय नपाएको पूर्व माओवादीको गुनासो
बैठकमा माओवादीबाट आएकाहरू पार्टीभित्र अन्यायमा परेको गुनासो गरेका छन् । ‘पूर्व माओवादीबाट आएकाहरू अन्यायमा परेका छन् । सबैले जिम्मेवारी पनि पाएका छैनन् । जसले गर्दा केही साथीहरू फेरि माओवादीमै फर्किन थालेका छन्’ केन्द्रीय सदस्य परशुराम अधिकारीको भनाइ थियो । उनले सचिव टोपबहादुर रायमाझीबारे पार्टीले सत्य तथ्य पहिल्याउने र थुनाबाहिर राख्न पहलकदमी लिनुपर्ने धारणा राखेका थिए ।
यी हुन् बैठकमा आफ्नो धारणा राख्ने नेताहरू
सोमबारको बैठकमा राख्नेहरूमा गण्डकीबाट १३ जनाले धारणा राखेका छन् । जसमा कृष्णबहादुर केसी, डा.सूर्य पाठक, मनोहर पौडेल, पदम गिरी, जमिन्द्रमान घले, नवराज शर्मा, नरदेवी पुन, राजीव पहारी, भगवती न्यौपाने, गोविन्दबहादुर नेपाली, मञ्जु चालिसे, सीमा क्षेत्री, कृष्ण पौडेल र कृष्ण थापा रहेका छन् ।
त्यसैगरी बागमतीबाट निर्मल भट्टराई, कृष्णभक्त पोखरेल, धर्मदत्त देवकोटा, कपिलदेव पोखरेल, रूपनारायण श्रेष्ठ, जे.एन. थपलिया, बाबुराम थापा, नारायण सिलवाल, पेम्बा लामा, खेम लोहनी, गीता कार्की, सरिता न्यौपानेले धारणा राखेका छन् । यस्तै बागमतीबाटै सोम मिश्र, पार्वती रावल, नवीना लामा, रचना खड्का, कैलाश ढुङ्गेल, भारती पाठक, डा.प्रेम दंगाल, माधव ढुङ्गेल, टङ्क कार्की, शर्मिला कार्की र गोविन्द दुलालले पनि धारणा राखेका छन् ।
मधेस प्रदेशबाट दिवाकर देवकोटा, गङ्गा यादव, रामरति राम, रामऔतार यादव, प्रम हजारा, अरविन्द सिंह, कुन्दन कुसवाह, अजय गुप्ता, सरिता गिरी यादव, चन्द्रेश्वर मण्डल र सञ्जीवकुमार झाले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि धारणा राखेका छन् ।
कोशी प्रदेशबाट भगवती चौधरी, खगेन्द्र राई, युवराज बास्कोटा, रामलाल साह, टङ्क आङ्बोहाङ्ग, लक्ष्मी गौतम, किशोर अधिकारी, अईन्द्रसुन्दर नेम्वाङ, राम राना, परशुराम अधिकारी, उषाकला राई, जगदीश कुशियत, घनश्याम खतिवडा, मञ्जु भण्डारी, श्रीप्रसाद जबेगू र अम्बिका थापाले धारणा राखेका छन् ।
त्यसैगरी विभिन्न कार्यक्षेत्रबाट हरदेव जोशी, लालबहादुर थापा, आशा विक, रञ्जना सरकार, सीता गिरी ओली, ममता गिरी, रमेश पौडेल, बिना श्रेष्ठ, सीता लामा, प्रेमकुमार पराजुली, सरस्वती बस्नेत, कल्पना थापा, इन्द्र भण्डारी, श्यामकुमार बस्नेत, राजेन्द्रसिंह रावल, निरुदेवी पाल, नारदमुनि राना, गणेश ठगुन्ना र भैरव सुन्दर श्रेष्ठले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु अन्तर्गत पत्रकारिता स्नातक तहको कार्यक्रम सुरु
-
ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
-
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
-
१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?