बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा आबद्धले अव राप्ती प्रतिष्ठानबाट विशेषज्ञसहित उपचार पाउने

सोमबार, २२ पुस २०८१, १७ : ४०
सोमबार, २२ पुस २०८१

बुटवल । दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरिएको बताए । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ । 

सोमबार काठमाडौँमा प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबिच दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूको  प्रतिष्ठानबाट उपचार हुने गरी सम्झौता भएको हो ।  

दाङबाट सामाजिक सुरक्षा कोषमा ५ हजारभन्दा बढी व्यक्ति आबद्ध रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप