प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्नेमा जोड

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रममा सोमबारको बैठकमा सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव आएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए ।
यस्तै दण्डहीनताको अन्य हुनुपर्ने, काँठ क्षेत्रमा पनि पार्टीको विशेष अभियान सञ्चालन हुनुपर्ने, विभागहरूलाई प्रभावकारी बनाउनुपर्ने विषय सदस्यहरूले उठाएको उनको भनाइ छ । यस्तै पार्टीको सदन र सडकलाई जोड्ने नीतिअनुसार सदनलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, सदन छिटो आह्वानका लागि दबाब दिँदै अरू पार्टीसँग पनि सहकार्य बढाउनुपर्ने सदस्यहरूले सुझाव दिएका छन् ।
यस्तै बैठकमा महाधिवेशन गर्ने कुरामा सबैको सहमति रहेपनि अभियानमा गएर त्यसपछि महाधिवेशनको मिति र कार्यतालिका तोक्नुपर्छ भन्ने अधिकांशको भनाइ रहेको सापकोटाको भनाइ छ । केहीको चाहिँ अहिले नै तोक्नुपर्छ भन्ने समेत धारणा आएको उनले बताए ।
यस्तै अध्यक्षको प्रतिवेदन वैज्ञानिक र वस्तुवादी भएको धेरैको धारणा रहेको उल्लेख गर्दै सापकोटाले पहिचानको मुद्दाबारे सशक्त कुरा उठेको पनि बताए ।
बैठकमा बोल्ने ८० जना नै सदस्यले नेकपा माओवादी केन्द्रलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएको उल्लेख गर्दै सापकोटाले प्राप्त अवसरलाई गुम्न दिन नहुने र त्यसका लागि पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएको धारणा राखे ।
बैठक मंगलबार ११ बजे फेरि बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला
-
दिगम्बर झासहित ३ जना दोषी ठहर, १२ जनाले सफाइ पाए