राजनीति
माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा
सोमबार, २२ पुस २०८१, १७ : ०७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगत दोस्रो दिनको बैठक सम्पन्न भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।
दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका छन् । बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ ।
बैठक भोलि भोलि विहान ११ बजेदेखि फेरि सुरु हुने र नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।
आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस