बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार यस्तो आदेश गरेको हो ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले थापा गृहमन्त्री हुँदा बिचौलियाको कार्य गरेको भनी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुनुअघि नै उनी फरार भएका थिए ।
फरार नै देखाएर मुद्दा दायर गरेपछि उनी २०८१ असार १४ गते पक्राउ परेका थिए । लगत्तै उनलाई जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेका थिए । उनले आफू धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतको भदौ २ गते उनलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।
भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्व सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको अनुसन्धानबाट खुलेको थियो ।
उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा नीरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा बिचौलियाको सूचीअनुसारको नामहरू थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै किर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।
यसका लागि मोरङका केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रतीकले विज्ञप्ति जारी गर्दै ‘संवेदनशील विषय भएकाले छानबिनमा सहयोग गर्ने’ बताएका थिए । भुटानी शरणार्थी प्रकरणका पीडित प्रेमराज पन्थीले उनलाई एक करोड रुपैयाँ घुस दिएको जाहेरीमा उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प