रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी
सोमबार, २२ पुस २०८१, १६ : ३०

काठमाडौँ । रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने