स्वर्णलक्ष्मी सहकारी घोटाला
राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषसँग ४० लाख बिगो मागदाबी
सोमबार, २२ पुस २०८१, १६ : १२
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पुरुषलाई पनि प्रतिवादी बनाइएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पुष्पराज पौडेल ‘पुरुष’सँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम ४० लाख ७ हजार ७२३ रुपैयाँ पौडेलका नाममा बिगो कायम गरिएको हो । प्रतिवादीहरू शिव प्रसाद पौडेल र वीर बहादुर रानाभाटसँग पनि सोही बिगो मागदाबी गरिएको छ ।
पुष्पराज पौडेल सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका शेयरधनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई