एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी
सोमबार, २२ पुस २०८१, १५ : ५६

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे )सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अव बोल्न बाँकी ५२ जना रहेका छन् ।
केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण