सेयर बजार
४९ अंकले बढ्यो नेप्से, परिसूचक २६४० बिन्दुमा
सोमबार, २२ पुस २०८१, १५ : १५

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४९ अंकले बढेको छ । समग्रमा १.८९ प्रतिशतले बजार बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा उक्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ ।
सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार कुल २२६ कम्पनीको मूल्य बढ्यो । यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले बढ्यो ।
सोमबार १२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार नेप्सका सबै उपसमूहको सूचक बढेको छ । जलविद्युत्, लगानी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमालगायत समूहका कम्पनीले समग्र बजार बढाउन ठुलो भूमिका खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा