एमाले केन्द्रीय कमिटी : दोस्रो दिनको बैठक जारी
सोमबार, २२ पुस २०८१, १४ : ५१

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना कुरा राख्न तीन मिनेटको समय छुट्याइएको छ । तीन मिनेटमा आफ्ना कुरा नसकिए अटमेटिक माइक काटिने व्यवस्था गरेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल