विराट एक्स्पो माघ ११ गतेदेखि

मोरङ । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि २० गतेसम्म विराटनगरको ड्र्ग्री क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ आयोजना हुने भएको छ । डिजिटल कोशी, ब्रिजिङ इनोभेसन एण्ड इन्भेस्टमेन्ट भन्ने नारा सहित आयोजना हुन लागेको एक्स्पोको बारेमा जानकारी गराइएको थियो ।
सो एक्स्पोमा २६८ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा विराटबजार बिटुबि, स्टार्टअप भिजन कोशी ह्याकाथन, रोजगार कोशी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य र प्रायोजक गरी ९ वटा पभिलियन रहने छन् ।
रोजगार कोशी पभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ गर्दै हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १,८०० जनालाई प्रत्यक्ष तालिम दिइने छ भने विद्यार्थीहरूका लागि गाइडेड टुरको व्यवस्था गरिएको जनाएको छ । मुलुककै अर्थतन्त्र शिथिल भइरहेको बेला आयोजना गर्न लागिएको एक्स्पोले यस क्षेत्रमा अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै उद्यम र उद्यमशिलता प्रति आकषिर्त गराउने उद्देश्य लिइएको उद्योग संंगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
एक्स्पोका क्रममा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने बताइएको छ । करिब ३ करोड खर्चमा आयोजना हुन लागेको सो एक्स्पो करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने विराट एक्स्पो २०२५ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु
-
संघीय संसद सचिवालय चालकले १२ वर्षदेखि गाडी चलाएनन्, बल्ल कारबाही प्रक्रिया अघि बढ्यो
-
यस्तो छ ‘कर्मा’मा मुकुनको लुक्स
-
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
-
होलीको अवसर पारेर ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ रिलिज
-
भक्तपुरको भीमेसन मन्दिरमा भक्तजनको भीड