सहकारीको नियमन गर्न बनाइएको प्राधिकरण कार्यान्वयनको चरणमा छ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् । सोमबार काठमाडौँमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ वार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सही दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अव कार्यान्वयनको चरणमा रहेको बताएका हुन् ।
सहकारी सबै एउटै प्रवृत्तिको रहेको र सहकारी चाहिँदैन भन्ने भ्रम फैलाउने गरेको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारीविरुद्ध फैलाएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताए ।
मन्त्री अधिकारीले देशभरका सहकारीमा आबद्ध भएकालाई एकै ठाउँमा राखेर मन्त्रालयले एकबद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । उनले सहकारीलाई व्यवस्थित गर्नका लागि सहकारीकर्मीहरुले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’