पूर्वराष्ट्रपति येओललाई समात्न नसकेपछि प्रहरीलाई गुहार्दै कोरियाली अनुसन्धाता

सोल । दक्षिण कोरियामा राजनीतिक संकट झन् झन् गहिरिँदै गएको छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्तालाई फलामको च्यूरा चपाउनु सरह भएको छ । येओलका सुरक्षाकर्मी र कार्यकर्ताहरूको विरोधमा प्रदर्शनका कारण उनलाई समात्न नसकेपछि अनुसन्धानकर्ताहरूले प्रहरीको शरणमा पुगेका छन् ।
शुक्रबार येओललाई पक्राउ गर्न पुगेका अन्वेषकहरूसँग येओलका सुरक्षाकर्मीहरू भिड्नु परेको थियो । बिहीबार पनि येओलका समर्थकहरूले अन्वेषकहरूलाई निवासमा छिर्न दिएका थिएनन् । एउटा समाचारका अनुसार दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले येओलविरुद्ध अनुसन्धान गरिरहेको छ । अनुसन्धानकर्ताहरूले प्रहरीलाई पत्र पठाएर वारेन्टको म्याद सकिनुअघि नै सहयोग मागेको समाचारमा भनिएको छ ।
भ्रष्टाचार अनुसन्धान कार्यालयले कुनै पूर्व परामर्श नगरी सहयोग गर्न आग्रह गरेको प्रहरी अधिकारीले बताएका छन् । प्राप्त पत्रको कानूनी समीक्षा गरिने ती अधिकारीले भनेका छन् । येओललाई पक्राउ गर्ने विषयमा भएको विरोधका कारण पूर्जी कार्यान्वयन गर्न नसकिने सीआईओले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग