बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव हुँदै

सोमबार, २२ पुस २०८१, १३ : २५
सोमबार, २२ पुस २०८१

बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ ।  बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरसँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न  गर्ने उद्देश्यका साथ तयारीका काम सुरु भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । 

संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले  बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने  नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाँचौँ मेला गर्न लागिएको बताए ।

संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२को मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघिबाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारासहित संघले मेलामा  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन   संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप