टक्सिक निर्माताले किन मेटे फिल्मको पोस्टर

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार यश छिटै नै ‘टक्सिक’मा देखिँदैछन् । हालै हाउस केभीएनले सामाजिक सञ्जालमा फिल्मको अपडेट पोस्ट गरेको थियो । तर केही समयमै उक्त पोस्ट हटाइयो । पोस्टर टक्सिककै थियो । तर पोस्ट हट्नु अघि नै फ्यानहरूले स्क्रिनसट लिएका थिए । अहिले पोस्टरको स्क्रिनसट समाजिक सञ्जालमा भाइरल भइरहेको छन् । उक्त पोष्टरका अनुसार टक्सिकमा यशको लुक खास दिनमा रिलिज गरिनेछ ।
मिडिया रिपोर्टका अनुसार टक्सिकका निर्माताहरूले यशको जन्मदिन अर्थात् जनवरी ८ मा फिल्मको प्रोमो जारी गर्न सक्नेछन् । मेकरहरूले यशको जन्मदिनमा फिल्मको फर्स्ट लुक पोस्टर पनि सार्वजनिक गर्न सक्ने बताइएको छ ।
प्रोडक्सन हाउसले पोस्ट गर्ने बित्तिकै तुरुन्तै अपडेट मेटाएपछि यसको चर्चा बढेको छ । मिडिया रिपोर्टका अनुसार टक्सिकमा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी र तारा सुतारियाजस्ता अभिनेत्री पनि देखिनेछन् । हाई ओक्टेन ग्याङ्स्टर ड्रामा फिल्म टक्सिक बृहत् स्तरमा बनिरहेको बताइएको छ ।
मेकरहरूले यस अघि नै प्रि–लुक पोस्टर जारी गरेका थिए । पोस्टरमा यशलाई भिन्टेज कारको पछाडि धमिलो प्रकाशमा उभिएको देखाइएको छ । उक्त पोस्टरमा स्पष्टसँग यशको जन्म दिन अर्थात् जनवरी ८ मा फिल्मको फर्स्ट लुक रिलिज हुने भनेर देखिएको थियो ।
यसमा ठ्याक्कै समय अर्थात् बिहान १०ः२५ बजे रिलिज हुने भनेर पनि लेखिएको छ । गीतु मोहनदासको निर्देशनमा बन्न लागेको यो फिल्म यही वर्षको अन्त्यतिर हलमा आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक